पात्रो

रेडियो

समाचार खोजी

नेशनल माइक्रोफ़ाइनान्स लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

 

नेशनल माइक्रोफ़ाइनान्स लघुवित्त बित्तिय संस्था लिमिटेडले   गत आर्थिक वर्षसम्मको कमाईबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । नेपाल स्टक एक्सचेन्ज मार्फत दिइएको जानकारी अनुसार प्रस्तावित लाभांशअनुसार १४ दशमलब २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब ७५ प्रतिशत नगद लाभांश रहेको छ। लघुवित्तले करिब १७ करोड ४८ लाख रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो। 

लघुवित्तको कात्तिक ८ गते बसेको संचालक समितिको १७९ औं बैठकले लाभांश प्रस्ताव गरेको हो।   यसअवधिमा लघुवित्तको चुक्तापुंजी १ अर्ब १६ करोड रहेको छ। 

लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको बार्षिक साधारणसभाले स्वीकृत गरे पश्चात तोकिएको मितिसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नेछन। लघुवित्तले पछि अलग्गै सुचना जारी गरेर साधारणसभा र बुक क्लोजको मिति तय गर्नेछ। 

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्