काठमाडौं नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
साझा अर्थ संवाददाता