साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.२५ अंकले घट्दै २६२७.१४ बिन्दुमा बन्द भएको छ। बिहीबार सूचकसँगै कारोबार रकम पनि घटेको छ।
आज नेप्सेमा कुल ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ६ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएका मध्ये ६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर छ।
नेपाल एसबीआई बैंकको सेयर मूल्य ९.७५ प्रतिशत, पिपुल्स हाइड्रोपावर कम्पनी ७.८८ प्रतिशत, सनराइज ब्लुचिप फण्डको ७.६७ प्रतिशत, समृद्धि फाइनान्स कम्पनी ६.१८ प्रतिशत र आरबीबी म्युचअल फण्डको सेयर मूल्य ६.०१ प्रतिशतले बढेको छ।
रवा इनर्जी डेभलपमेन्ट कम्पनीमा नकारात्मक सर्किट लाग्दा एनआइबीएल समृद्धि फण्डको सेयर मूल्य ५.७३ प्रतिशतले घटेको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.९० प्रतिशत र गुडवील फाइनान्स कम्पनीको ४.५१ प्रतिशतले घटेको छ।
बिहीबार बैंकिङ समूहको सेयर मूल्य १.०२ प्रतिशत, विकास बैंक समूहको ०.७९ प्रतिशत, फाइनान्स समूहको ०.८८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८७ प्रतिशत र लगानी समूहको ०.९२ प्रतिशत घटेको छ।
यस्तै, जीवन बिमा समूहको सेयर मूल्य ०.५२ प्रतिशत, उत्पादन समूहको १.२६ प्रतिशत, लघुवित्त समूहको ०.८१ प्रतिशत, म्युचअल फण्डको ०.३० प्रतिशत, निर्जीवन बिमा समूहको ०.५९ प्रतिशत र व्यापार समूहको सेयर मूल्य १.९३ प्रतिशतले घटेको छ।
साझा अर्थ संवाददाता