पात्रो

रेडियो

समाचार खोजी

२० अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्ब नाघ्यो

साझा अर्थ संवाददाता ७ कार्तिक २०८१, बुधवार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक   २०.४१ अंकले घट्दै २६ सय ४५ को विन्दुमा झरेर रोकिएको छ ।आज कारोबार अवधिभर ३ सय २४ कम्पनीका १ करोड ५७ लाख ४२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँ माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये वित्त र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण आज १ सय ५५ कम्पनीको सेयरमूल्य घट्दा ७६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सेयरमूल्य बढेका कम्पनीमध्ये आइसीएफसी फाइनान्सको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता