पात्रो

रेडियो

समाचार खोजी

आठ विकास बैंकको नाफा १ अर्ब ४६ करोड

साझा अर्थ संवाददाता ७ कार्तिक २०८१, बुधवार



चालु आर्थिक वर्षको तीन महिनामा आठ विकास बैंकले १ अर्ब ४६ करोड ४४ लाख नाफा कमाएका छन् । यो गत आर्थिक वर्षको तुलनामा ३६.५८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा राष्ट्रिय स्तरका विकास बैंकले १ अर्ब ७ करोड २२ लाख ५१ हजार रुपैयाँ नाफा कमाएका थिए ।

यसअवधिमा मुक्तिनाथ विकास बैंकले आफ्नो मुनाफा २३.१७ प्रतिशतले बढाएर २८ करोड १८ लाख पुराएको हो । गत आर्थिक वर्ष कम्पनीको मुनाफा २२ करोड ८८ लाख ७ हजार रुपैयाँ रहेको थियो ।

  ज्योति विकास  बैंकको नाफा १९७ प्रतिशतले बढेर १५ करोड ११ लाख ९० हजार रुपैयाँ पुराएको हो । गरिमा विकास बैंकको नाफा ५६.८२ प्रतिशतले बढेर २६ करोड ६ लाख रुपैयाँ, शाइन रेसुङ्गाको २४.८९ प्रतिशतले बढेर २३ करोड ९३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १६.५७ प्रतिशतले बढेर २० करोड १९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ४६.४० प्रतिशतले बढेर १७ करोड ४९ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको २९.१६ प्रतिशतले बढेर ६ करोड १ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा महालक्ष्मी विकास बैंकको नाफा नाफा १.१४ प्रतिशतले घटेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता