पात्रो

रेडियो

समाचार खोजी

दुई दिनपछि नेप्से २५.८८ अंकको सुधार

साझा अर्थ संवाददाता ६ कार्तिक २०८१, मङ्गलवार



साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अंकले बढ्दै २६६५.८१ बिन्दुमा पुगेको छ। 
मंगलबार नेप्सेमा कुल ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  कारोबारमा आएका मध्ये १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० कम्पनीको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ। रवा इनर्जी विकास कम्पनीको सेयर मूल्य ८.८६ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ७.८२ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ६.३६ प्रतिशत र माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ। 

त्यस्तै वीन नेपाल लघुवित्तको ४.७५ प्रतिशत, कालिका लघुवित्त वित्तीय संस्थाको ४.६९ प्रतिशत र ग्लोबल आईएमइ ब्यालेन्स फण्डको सेयर मूल्य ३.८१ प्रतिशतले घटेको छ। 

 

263 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्