काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमीटेडले सतप्रतिशत हकप्रद सेयर निश्कासर्न गर्ने भएको छ ।
कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिले चुक्तापूँजी ४९ करोड २५ लाखको १ः१ बराबरको हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो । विद्युत नियमन आयोगबाट स्वीकृति आएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सतप्रतिशत हकप्रद निश्कासन गर्नेछ ।
हाल दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८६५ रुपैयाँ छ ।
साझा अर्थ संवाददाता