पात्रो

रेडियो

समाचार खोजी

सेयर बजार ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम

साझा अर्थ संवाददाता ५ कार्तिक २०८१, सोमवार

काठमाडौं - साताको दोस्रो कारोबार दिन सेयर बजार ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको १ करोड ३७ लाख १५ हजार १५२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा ङादी ग्रुप पावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.२० प्रतिशतले घटेको हो । त्यसैगरी, गुडविल फाइनान्सको ५.६५ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.७९ प्रतिशत, इष्टर्न हाइड्रोपावरको ४.७५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

346 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता