काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ४७.४४ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २६ सय ९७ को विन्दुमा झरेर बन्द भएको हो ।
आज २ सय २६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने १८ कम्पनीको सेयरमूल्य भने उकालो लागेको छ ।
आज ३ सय १५ कम्पनीका २ करोड ८ लाख ६८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ पुगेको छ । आज गुडवील फाईनान्स लिमिटेडको सबैभन्दा बढी ४५ करोड बढीको सेयर कारोबार भएको छ ।
साझा अर्थ संवाददाता