माथिल्लो तामाकोशी अपरियोजना यहि महिना कात्तिक भित्र आंशिक सञ्चालन गर्ने तयारी गरिएको छ । परियोजनाको बायाँ डिस्यान्डरलाई सामान्य मर्मत गरेर अल्पकालीन सञ्चालन गर्ने उद्देश्यले त्यसको मर्मत–सम्भार गर्ने काम भइरहेको छ । यहि महिना भित्र थोरै भए पनि विद्युत् उत्पादन थाल्ने गरी काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मोहनप्रसाद गौतमले बताए ।
उनका अनुसार अहिले हेडवर्क्स क्षेत्रमा थुप्रिएको ढुंगा, माटो र गेग्र्यान हटाउने काम भइरहेको छ । बाढीले परियोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने तामाकोशी–खिम्ती प्रसारणलाइनको एउटा टावर पनि प्रभावित बनाएको छ । त्यो पनि एक महिनाभित्र सञ्चालनमा ल्याउने गरि काम भइरहेको नेपाल बिद्युत् प्राधिकरणले जनाएको छ ।
यो परियोजना बन्द भएकाले अहिले भारतमा गरिने विद्युत् निर्यात कटौती भएको छ । हिउँदमा परियोजना सञ्चालनमा ल्याउन नसकेमा विद्युत् आयात बढाउनुपर्ने जोखिम छ । साथै, लोडसेडिङ नै गर्नुपर्ने बाध्यता पनि आउनसक्छ । तर, एक महिनामा सञ्चालनमा ल्याएमा लोडसेडिङको जोखिम हट्नेछ ।
साझा अर्थ संवाददाता