नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ‘निफ्रा ऊर्जा ऋणपत्र ६% ०८८/८९’ निष्कासन गर्ने भएको छ । बैंकले सातवर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्रको ५० लाख कित्ता निष्कासन गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् कुल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाका लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिने बताइएको छ ।
साझा अर्थ संवाददाता