पात्रो

रेडियो

समाचार खोजी

ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशबीच भेट

साझा अर्थ संवाददाता १५ असोज २०८१, मङ्गलवार

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का तथा एशियाली विकास बैंक दक्षिण एशियाली विभागका उपमहानिर्देशक सिन्डी माल्भिसिनीविच भेटघाट भएको छ । आज उर्जा मन्त्रालयमा सो भेटघाट भएको हो । 
 भेटमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने कार्यबार छलफल भएको थियो । 
मन्त्री खड्काले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एडिबीले गरेको सहयोगकालागि  धन्यवाद दिनुभएको थियो साथै आगामी दिनमा सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नु भएको थियो । 
भेटमा उपमहानिर्देशक माल्भिसिनीले तनहुँ जलविद्युत् आयोजना र दूधकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नका लागि आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । नेपालमा विकास निर्माणको वातावरण सुनिश्चित गरे एशियाली विकास बैंकले धेरै क्षेत्रमा सहयोग गर्ने बताउनु भएको थियो ।

220 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ