वीरगञ्ज , १८ जेठः चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रू चार अर्ब दुई करोडभन्दा बढी मूल्यका १५ हजार २७१ विद्युतीय सवारी आयात भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा मूल्यमा १४३.६० प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। गत वर्ष नौ हजार ४२ वटा सवारी आयात भएका थिए।
चालु आवमा ५१ देखि १०० किलोवाट क्षमताका ६५७ विद्युतीय कार, जीप र भ्यान (मूल्य रू १ अर्ब ८७ करोड) आयात हुँदा रू १ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ। यस्तै, आठ हजार ८६७ विद्युतीय मोटरसाइकल र स्कुटर (मूल्य रू १ अर्ब १७ करोड) आयात हुँदा रू ३८ करोड ५५ लाख राजस्व आएको छ। गत वर्ष यस्ता मोटरसाइकल चार हजार ८३४ वटा मात्र थिए।
वीरगञ्ज हुँदै १० महिनामा कुल रू ३१ अर्ब ३१ करोड मूल्यका सवारी तथा पार्टपुर्जा आयात भएका छन्, जुन गत वर्षको तुलनामा ४४.५८ प्रतिशतले बढी हो ।




