पात्रो

रेडियो

समाचार खोजी

सर्व पक्षीय छलफलको आयोजना

साझा अर्थ संवाददाता ५ असोज २०८१, शनिवार

दोलखाः दोलखा सदरमुकाम चरिकोटमा आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पन्न चुनौति, समस्या र समाधानका विषयमा सर्वपक्षिय तथा सर्व दलिय छलफलको आयोजना गरियो । नेपाली काँग्रेस जिल्ला कार्य समितिको दोलखाको आयोजनामा सो छलफलको आयोजना गरिएको हो । 
छलफलका क्रममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरन्तर घाटामा गइरहनु, रोलवालिङ डाइभर्षनको काम द्रुत गतिमा नहुनु, आयोजनामा कार्यरत दोलखाका कर्मचारीहरु माथी सेवा सुविधामा विभेद गरिनु, विगतमा आयोजनाले दिएका आश्वासन पूरा नगरिनु ,आयोजनाको सुरुङ भित्र रहेको क्रेन खोली सामान चोरी भएको लामो समय सम्म चोर पत्ता नलाग्नु जस्ता विषयहरु सहभागीहरुले उठाएका थिए । 
माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनी का सिइओ मोहन गौतमले सहभागीहरुले उठाएका सवालको जवाफ दिने क्रममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना लाई छिट्टै नाफामा लैजानकालागि पीपीए पूनरावलोकन, आयोजनाको ब्याजदर घटाउने, रोलवालिङ डाइभर्सनको काम छिट्टै सक्ने तथा आयोजना सरकारलाई हस्तान्तरण गर्ने समय सिमा बढाउनु पर्ने बताउनुभयो । आयोजनामा कार्यरत दोलखाका कर्मचारीले गरीरहेको आन्दोलनको सन्दर्भमा आजै आफू पुगी वार्ता गर्ने तर बोर्डले निणर्य नगरी आफूले मात्र माग पूरा गर्न नसक्ने सिईओ गौतमल बताउनुभयो । छलफल नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाको सभापतित्वमा सम्पन्न भएको थियो । छलफलमा नेकपा एमालेका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ,नेकपा माओवादी केन्द्र दोलखाका प्रबक्ता पुष्कर अधिकारी, रास्वपा का अध्यक्ष दिनेश बस्नेत, राप्रपा दोलखाका कार्यवाहक सभापती विष्णु श्रेष्ठ स्थानीय तहका जनप्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

246 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु