पात्रो

रेडियो

समाचार खोजी

रु १९ करोड ४२ लाख लागतमा शितभण्डार निर्माण

साझा अर्थ संवाददाता १ असोज २०८१, मङ्गलवार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम):  सुुनवल नगरपालिका वडा नम्बर दुईमाा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । संघीयय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिनुुभयो ।
डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको  हो । पाँच वटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुुई सय पचास बोरा आलुु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले जानकारी दिनुभयो । शीतभण्डार निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत अनुदान, स्थानीय सहकारीहरुको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ ।

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता