पात्रो

रेडियो

समाचार खोजी

पुटिनको नयाँ आदेशः सन् २०२६ देखि रूसी सैनिक पोशाक स्वदेशी मात्र

साझा अर्थ संवाददाता २७ साउन २०८२, मङ्गलवार

काठमाडौंः रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सशस्त्र बलका लागि विदेशी उत्पादनमा आधारित पोशाक तथा सम्बन्धित सामग्रीहरूको खरिदमा २०२६ देखि लागू हुने गरी प्रतिबन्ध लगाउने आधिकारिक आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति द्वारा जारी आदेशअनुसार, सन् २०२६ जनवरी १ देखि रूसी सेनाका लागि आवश्यक सबै प्रकारका पोशाक तथा अन्य सामग्रीहरू केवल देशभित्रका उद्योगहरूद्वारा उत्पादन गरिनुपर्नेछ, जसको उत्पादनस्थलहरू रूसी भूभागमै रहेका हुनुपर्छ ।

साथै, सन् २०२७ भित्र प्रयोग हुने कपडा तथा बुनेका सामग्रीहरू समेत पूर्ण रूपमा स्वदेशमै उत्पादन गरिएका हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस निर्णयको उद्देश्य सेनाका लागि आवश्यक सामग्रीमा विदेशी निर्भरतालाई अन्त्य गर्दै घरेलु उत्पादनमा आत्मनिर्भरता कायम गर्नु रहेको जनाइएको छ ।

सैनिक पोशाक तथा सामग्री अन्तर्गत पोशाक, चिन्हहरू (इन्सिग्निया), अन्तर्वस्त्र, ओछ्यानका सामाग्री, विशेष पोशाक, जुत्ता, उपकरण तथा सरसफाइका वस्तुहरू पर्दछन् । यस्ता सामग्रीहरू रूसी राज्यको रक्षा आपूर्ति प्रणालीमार्फत खरिद गरिन्छ ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ