पात्रो

रेडियो

समाचार खोजी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको भ्रष्टाचारको मुद्दामाथि सुनुवाई

साझा अर्थ संवाददाता २६ साउन २०८२, सोमवार

  ढाका, २६ साउन (रासस/एएफपी):   बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त राष्ट्रसङ्घको उच्च अधिकारीका रूपमा काम गरिसकेकी उहाँकी छोरीसहितको परिवारविरुद्ध भ्रष्टाचार विरोधी संस्थाले दायर गरेको मुद्दामाथि सोमबार सुनुवाइ गरेको छ।    
    
सुनुवाईका क्रममा भ्रष्टाचार निरोधी आयोग (एसीसी) का तीन जना अधिकारीहरूले राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटहरूको कथित भूमि हडप्ने तीन अलग–अलग मुद्दाहरूमा आरोपहरू पढेर सुनाएका थिए।    
    
हप्तौंको विद्यार्थी आन्दोलनको बलमा हसिनामाथि राजनीतिक दवाव परेपछि सन् २०२४ अगष्ट ५ मा हेलिकप्टरबाट बङ्गलादेशबाट भागेकी ७७ वर्षीया हसिनामाथि दर्जनौँ मुद्दामा संलग्न रहेको आरोप लागेको छ ।    
    
उहाँले विद्रोहमा भएको घातक दमनलाई लिएर मानवताविरुद्धको अपराधको अभियोगमा आफ्नो छुट्टै र चलिरहेको सुनुवाईमा उपस्थित हुनेसहित भारतबाट फर्कने आदेशको अवहेलना गर्नुभएको छ ।    
    
हसिनासहित उहाँका छोरा सजिब वाजेद जोय र नयाँ दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्व एसिया प्रमुखका रूपमा कार्यरत छोरी साइमा वाजेदलाई भ्रष्टाचारको छ वटा अभियोगमा मुद्दा चलाइएको छ ।    
    
“यदि शेख हसिना, उहाँका छोरा सजीब र छोरी साइमा यस मुद्दामा दोषी ठहरिएमा १४ वर्षको जेल सजाय हुन सक्छ,” एसीसीका वकिल खान मोहम्मद मैनुल हुसेनले एएफपीसँग भन्नुभयो ।    
    
वाजेद डब्ल्यूएचओको जिम्मेवारीबाट बिदामा रहनुभएको छ र एक नयाँ अधिकारीले ‘अफिसर–इन–चार्ज’ को रूपमा पद ग्रहण गर्नुभएको छ ।     
    
हसिनासँग सम्बन्धित भ्रष्टाचारका छ वटा मुद्दा दर्ता भएका छन् । अन्य मुद्दाहरुमा हसीनाकी बहिनी शेख रेहाना र बेलायती सांसद टुलिप सिद्दिकसहित उनका छोराछोरीको पनि नाम जोडिएको छ ।    
    
गत जनवरीमा बेलायत सरकारका भ्रष्टाचारविरोधी मन्त्री सिद्दिकले राजीनामा दिनुभएको छ । सिद्दिकका वकिलले बेलायती सांसद्माथि लगाइएको आरोप झुटो भएको बताउनुभएको छ ।    

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु