दोलखाः पूर्वाधार विकास कार्यालय दोलखा अन्तर्गत चालु आर्थिक वर्षमा १९३ योजना कार्यन्वयन गरिने भएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको सो कार्यालय मार्फत विभिन्न प्रकृतिका १९३ वटा योजना कार्यन्वयन गरिने भएको हो ।
चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको वार्षिक बजेटमा स्वीकृत भईआएका १ अर्ब ४८ करोड ७४ लाखका १९३ योजना कार्यन्वयन गरिने पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले जानकारी दिनुभयो ।
बहुवर्षिय सडक योजना ९, बहु वर्षिय पुल योजना २, दश लाख माथिका सालवसाली ठेक्का मार्फत १३४ तथा दश लाख सम्मका उपभोक्ता समिति मार्फत सञ्चालन हुने ४८ योजना रहेको कार्यालय प्रमुख ओझाको भनाई रहेको छ ।
कार्यालय मार्फत कार्यन्वयन हुने योजना हरुकालागि सडक तथा पुल योजनाकालागि ४ करोड ८० लाख, मर्मत तथा अन्य पूर्वाधारमा १ करोड ८० लाख, प्रादेशिक लोकमार्गकालागि २० करोड ७४ लाख ५० हजार विनियोजन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस्तै प्रादेशिक मार्गकालागि ४२ करोड ४८ लाख तथा शहरी तथा स्थानीय सडक योजनाकोलागि ७८ करोड ९१ लाख ५० हजारको काम कार्यालय मार्फत हुने छ ।
बहुवर्षिय ठेक्का अन्तर्गत नौ वटा सडक र दुइ वटा पुलको ठेक्काको काम हुँदैछ भने सालवसाली ठेक्का बाट हुने कामको बोलपत्र आह्वान कार्तिक मसान्त भित्र सक्ने कार्यालयको लक्ष्य रहेको छ । यस्तै मंशिर मसान्त भित्र उपभोक्ता समिति मार्फत हुने ४८ योजनाहरुको सम्झौेता पनि गरिने कार्यालयको लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख ओझाको भनाई रहेको छ ।
स्थानीय तहका हिसावले सालवसाली ठेक्का तथा उपभोक्ता समिति मार्फत हुने शहरी तथा स्थानीय सडकका १८२ योजनाहरु मध्ये भीमेश्वर नगरपालिकामा सबै भन्दा बढी भीमेश्वर नगरपालिकामा ३३ वटा तथा सबै भन्दा कम विगु गाउँपालिकामा ८ वटा रहेका छन् । कार्यालयका अनुसार दोलखाका अन्य स्थानीय तहहरुमा जिरी नगरपालिकामा २५, कालिञ्चोक गाउँपालिकामा १४, तामाकोशी गाउँपालिकामा २१, शैलुङ गाउँपालिकामा १५, मेलुङ गाउँपालिकामा २४, गौरिशंकरमा १८ तथा बैतेश्वर गाउँपालिकामा २३ रहेका छन् ।
समयमै आवश्यक कानुनी प्रकृया पुर्याई योजना अगाडि बढाउने कार्यलाई उच्च प्राथमिकतामा राखि कार्यालयले काम गरिरहेको कार्यालय प्रमुख हरिप्रसाद ओझाले बताउनु भयो ।