पात्रो

रेडियो

समाचार खोजी

साङ्घाईमा आँधीका कारण करीव तीनलाख मानिसलाई सुरक्षित स्थलमा सारियो

साझा अर्थ संवाददाता १४ साउन २०८२, बुधवार

साङ्घाई, १४ साउन (रासस/एएफपी) : शक्तिशाली आँधी को–मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा  आएपछि  साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरूलाई सुक्षित स्थानमा स्थानान्तरण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

‘साङ्घाई सेन्ट्रल मेट्रोलोजिकल अब्जर्भेटरी’ले बुधबार दिउँसो वर्षाका कारण जोखिम आउनसक्ने खतराको चेतावनीलाई  कमजोर हुँदै गएको बताएको छ । 

को–मेले पूर्वी झेजियाङ प्रान्तमा बुधबार बिहान ४ः३० बजे अवतरण गरेको थियो भने साँझमा साङ्घाईमा अवतरण गर्ने अपेक्षा गरिएको छ ।

“मङ्गलबार रातिदेखि बुधबार बिहान १०ः०० बजेसम्म प्रभावित मानिसहरूलाई स्थानान्तरण गरिएको राष्ट्रिय प्रसारणकर्ता सिसिटिभीले जनाएको छ ।

चीनको प्रभावित तटबाट देखिएको प्रत्यक्ष दृश्यहरूले समुद्री किनारको पैदल मार्गमाथि छालहरू फैलिएको देखाएको छ भने निङ्बो सहरबाट गरिएको प्रसारणमा बासिन्दाहरूलाई पानीबाटै आवतजावत गरेको देखाएको ।

यसैबीच, चीनले रूसको कामचटका प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प आएपछि आफ्नो समुद्री तटमा सुनामीको चेतावनी पनि दिएको हो ।

186 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु