पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकको ‘८ वर्षे, ७% नबिल डिबेञ्चर २०८९’ को आवेदन म्याद श्रावण २० सम्म थप

साझा अर्थ संवाददाता ९ साउन २०८२, शुक्रवार

नबिल बैंक लिमिटेडले सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई लक्षित गरी जारी गर्दै आएको '८ वर्षे, ७% नबिल डिबेञ्चर २०८९' को आवेदन अवधि श्रावण २० गतेसम्म थप गरिएको छ। यस डिबेञ्चरमा ७% वार्षिक ब्याजदर रहनेछ र ८ वर्षपछि पूँजी फिर्ता गरिनेछ।

डिबेञ्चर निष्काशन श्रावण ६ गते देखि खुला गरिएको हो। कुल ३० लाख इकाई डिबेञ्चर रु. १,००० अंकित मूल्यमा जारी गरिनेछ। जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाई निजी स्थानका माध्यमबाट निष्काशन गरिनेछ भने १२ लाख इकाई, अर्थात् रु. १.२० अर्ब बराबरको डिबेञ्चर, सर्वसाधारणका लागि खुला गरिएको छ। साथै, कुल सार्वजनिक निष्काशनमध्ये ५ प्रतिशत अर्थात् ६०,००० इकाई म्युचुअल फण्डका लागि छुट्याइएको छ।

यस निष्काशनबाट नबिल बैंकले कुल रु. ३ अर्ब संकलन गर्ने लक्ष्य लिएको छ।

सीडीएससी का अनुसार हालसम्म ३,१७३ जना लगानीकर्ताले १५ लाख ४६ हजार ८५० इकाई डिबेञ्चरका लागि आवेदन दिइसकेका छन्, जसको कुल मूल्य रु. १.५४ अर्ब बराबर छ।

नबिल डिबेञ्चरको निष्काशन व्यवस्थापनको जिम्मेवारी नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड ले लिएको छ। लगानीकर्ताले न्यूनतम २५ इकाई देखि अधिकतम १२,००,००० इकाई सम्म आवेदन दिन सक्नेछन्।

124 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता