पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एशिया बैंकका प्रवर्द्धक सेयर लिलामीमार्फत बिक्रीमा, न्यूनतम मूल्य रू. १९०

साझा अर्थ संवाददाता ९ साउन २०८२, शुक्रवार

काठमाडौं, साउन ९- एनआईसी एशिया बैंक लिमिटेडका वर्तमान प्रवर्द्धकहरूले आफ्ना ७ लाख ५ हजार ९५० इकाई प्रवर्द्धक सेयरहरू लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेका छन्। उक्त लिलामी २०७९ साल श्रावण ९ गतेदेखि श्रावण २३ गतेसम्म सञ्चालन हुनेछ।

यो लिलामी योग्य प्रवर्द्धक सेयरधनी, व्यक्ति, कम्पनी वा संस्थाहरूलाई लक्षित गरिएको हो। इच्छुक पक्षहरूले प्रति सेयर न्यूनतम दर रू. १९० राखी बोलकबोल गर्न सक्नेछन्। बोलकबोलको लागि कम्तीमा १,००० इकाई सेयर अनिवार्य रूपमा राख्नुपर्नेछ।

लिलामीको व्यवस्थापन एनएमबी क्यापिटल लिमिटेड ले गर्नेछ। प्राप्त बोलकबोलहरू श्रावण २६ गते बिहान १०:०० बजे एनएमबी क्यापिटलको कार्यालयमा खोलिनेछ। यस समाचार तयार पार्दाको समयसम्म, एनआईसी एशिया बैंकको अन्तिम कारोबार मूल्य रू. ४०४.९७ रहेको छ।

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्