काठमाडौंः नेप्सेले ट्रेड टावर लिमिटेडको आइपीओलाई ओपनिङ रेञ्ज १२३ दशमलब ०९ देखि ३६९ दशमलब २७ सम्म प्रदान गरेको छ । मंगलवार आइपीओ नेप्सेमा सुचिकृत भएसँगै सो कम्पनीको शेयरलाई ओपनिङ रेञ्ज तोकिएको हो ।
कम्पनीकोे ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएको छ । यसमा सर्वसाधारण सेयरधनीहरुलाई वितरण गरेको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर संलग्न छ । यसको दोस्रो बजारमा काराेवार टिटिएल संकेतबाट हुने नेप्सेले जनाएको छ ।
साझा अर्थ संवाददाता