पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकले ३ अर्ब संकलन गर्न ल्यायो डिबेन्चर! सर्वसाधारणका लागि कति खुला

साझा अर्थ संवाददाता ३० असार २०८२, सोमवार

नबिल बैंक लिमिटेडले “८ वर्षे, ८% नबिल डिबेन्चर २०८९” नामक डिबेन्चर निष्कासन गर्दैछ, जसबाट बैंकले कुल रु. ३ अर्ब संकलन गर्ने लक्ष्य लिएको छ। यो डिबेन्चरमा ८ वर्षको परिपक्वता अवधि र वार्षिक ८% ब्याजदर (कुपन रेट) तोकिएको छ। सार्वजनिक निष्कासन साउन ६ गतेदेखि साउन ९ गते, २०८२ सम्म खुला रहनेछ। यदि तोकिएको अवधिमा पूर्ण रूपमा विक्री नभएमा आवेदन अवधि साउन २० गतेसम्म लम्ब्याइनेछ।

कुल ३०,००,००० इकाई डिबेन्चर प्रतिइकाई रू. १,००० अंकित मूल्यमा निष्काशन गरिनेछ। यसमध्ये ६०% अर्थात् १८ लाख इकाई निजी संस्थागत लगानीकर्ताहरू मार्फत निष्काशन गरिनेछ। बाँकी १२ लाख इकाई, अर्थात् रू. १.२० अर्ब बराबर, सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरिएको छ। सार्वजनिक निष्काशनमा म्युचुअल फन्डहरूका लागि छुट्टै ५% अर्थात् ६०,००० इकाई सुरक्षित गरिएको छ।

यस डिबेन्चर निष्काशनको व्यवस्थापन नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताहरूले न्यूनतम २५ इकाईदेखि अधिकतम १२,००,००० इकाईसम्म आवेदन दिन सक्नेछन्। यो डिबेन्चर दीर्घकालीन र स्थिर आम्दानी खोजिरहेका लगानीकर्ताहरूका लागि आकर्षक विकल्प बन्न सक्ने विश्लेषकहरूको धारणा छ।

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता