काठमाडौं। नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सेयर बजारमा धितो कर्जाको जोखिम भार १२५ बट १०० मा झारे पनि सोमबारको शेयर बजार सकारात्मक भएन । सोमबार सेयर बजारमा ५.२१ अंकले घटेर २ हजार ६७४.७६ विन्दुमा सीमित बनेको छ । आइतबार ७ अर्ब ६० करोड कारोबार भएको बजार सोमबार पनि झण्डै साढे ७ अर्बको किनबेच भएको छ ।
आज कारोबार भएकामध्ये ९२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। यस्तै, १५५ कम्पनीको मूल्यमा गिरावट आएको छ। कारोबारका आधारमा आज ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, आज दुई कम्पीनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर मूल्यमा भारी गिरावट आएको हो।
साझा अर्थ संवाददाता