पात्रो

रेडियो

समाचार खोजी

‘कुमारी सुनौलो योजना’ को प्रतिफल घोषणा

साझा अर्थ संवाददाता ११ भदौ २०८१, मङ्गलवार
कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘कुमारी सुनौलो योजना’ को प्रतिफल घोषणा भएको छ । क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट करसहित १०.५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 
 
यस्तै, यस योेजनाको सञ्चालक समिति बैठकले लाभांश वितरण प्रयोजनको लागि बुधबार  बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
 
कुमारी सुनौलो लगानी योजना एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले प्राप्त गर्ने रकम समायोजित खुद सम्पत्ती मूल्यमा पुनः लगानी गर्न सकिनेछ । लाभांश पुनः लगानी योजनामा सहभागि हुन चाहने इकाईधनीहरुले भदौ २५ गतेसम्म आफ्नो नाफा दर्ता गर्नुपर्नेछ । 




261 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु