पात्रो

रेडियो

समाचार खोजी

रास्वपाका डीपी अर्याल सभामुख पदका एकल उम्मेदवार, बैठकले गर्ने औपचारिक घोषणा

सभामुख पदमा एक मात्रै उम्मेदवारी, चैत्र २२ मा निर्णय हुने

साझा अर्थ संवाददाता २० चैत २०८२, शुक्रवार

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुख पदका लागि एकल उम्मेदवार बनेका छन्।

संघीय संसद् सचिवालयका अनुसार सभामुख पदमा उनको मात्रै उम्मेदवारी परेको हो।

अर्यालको उम्मेदवारीमा रास्वपा सभापति रवि लामिछाने प्रस्तावक रहेका छन् भने स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल समर्थक रहेका छन्।

अब चैत्र २२ गते बस्ने प्रतिनिधि सभा बैठकले उनलाई निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ