पात्रो

रेडियो

समाचार खोजी

दोलखामा पहिलो पटक पूर्व बजेट कालिन छलफल तथा अन्तर्क्रिया सम्पन्न

नवराज शिवाकोटी २१ चैत २०८२, शनिवार

दोेलखा, २१, चैत्र : नेपाल राष्ट्र बैकद्वारा दोलखामा पहिलो पटक पूर्व बजेटकालिन छलफल सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणकालागि पूर्व बजेट कालिन छलफल शनिवार सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो । 


बैंकको आर्थिक अनुसन्धान विभागद्वारा आयोजित अन्तर्क्रिया कार्यक्र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अन्तर्क्रियाका क्रममा दोखाका विभिन्न पेशामा आवद्ध ब्यावसायीहरुले दोखालाई पर्यटन, कृषि तथा जलविद्युतको हबको रुपमा विकास गर्नु पर्नेमा सरकारले नीतिगत ब्यवस्था गर्नु पर्नेमा जोड दिनुभएको थियो । साथै सहज रुपमा कर तिर्ने आवस्थाको सिर्जना, ब्यावसायीक क्युआर कोडमा देखिएका समस्या, उद्योग ब्यावसाय दर्तामा देखिएका समस्याहरु लगायतका समस्या समाधान गर्ने तर्फ सरकारको आगामी बजेटमा ध्यान दिनु पर्ने उहाँहरुको भनाई रहेको थियो । 


सहभागी सरोकारवालाहरुले उठाएका सवालको जवाफ दिनुहुँदै गभर्नर पौडेलले कृषिलाई पर्यटनसँग जोड्न आग्रह गर्नु भयो । जुन ठाउँमा जे कच्चा पदार्थको उत्पादन हुन्छ त्यसैसँग सम्बन्धी ब्यवसाय गरेमा त्यो ब्यवसाय सफल हुने उहाँले बताउनु भयो । बैङ्ककरहरु साहुकार नभएकोले कहाँ को कस्को मानिस नभनी ब्यावसायको प्रकृति अनुसार अध्ययन गरेर कृषि तथा अन्य ब्यावसायीक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । प्राकृतिक रुपमा सुन्दर तथा जलविद्युतको उत्पादमा आगाडि रहेको दोलखाका स्थानीयतहहरुलागि जलविद्युत बाट प्राप्त हुने रोयल्टीबाटै धेरै काम हुने अवस्था आउन लागेको बताउनु भयो ।
अन्तर्क्रियामा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत,दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकी, दोलखा उद्योगवाणिज्य संघका उपाध्यक्ष दिनेश पाठक, विभिन्न क्षेत्रका ब्यावसायीहरु एवं पेशा कर्मीहरुको उपस्थिति रहेको थियो ।

248 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

नवराज शिवाकोटी

उहाँले साझा अर्थको विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ।