पात्रो

रेडियो

समाचार खोजी

जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जरका लागि सम्झौता

साझा अर्थ संवाददाता १५ चैत २०८२, आइतवार

काठमाडौं — जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर प्रक्रिया अगाडि बढाउने सहमतिसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

यो सम्झौता चैत १४ गते साँझ ४ बजे औपचारिक रूपमा सम्पन्न भएको हो। जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको छ।

सम्झौतापछि दुबै संस्थाले मर्जर प्रक्रिया अगाडि बढाउने क्रममा आफ्नो प्रवर्द्धक शेयरको कारोबार अस्थायी रूपमा रोक्न नेपाल धितोपत्र बोर्डसँग अनुरोध गरेका छन्। उक्त अनुरोध “मर्जर तथा प्राप्ति निर्देशिका, २०७९” को दफा ३(१) र दफा ७ अनुसार गरिएको बताइएको छ।

अब मर्जर प्रक्रिया आवश्यक कानुनी प्रक्रिया पूरा गरी साधारणसभाबाट स्वीकृति लिएपछि मात्र अन्तिम रूपमा अघि बढ्नेछ।

196 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
100%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ