काठमाडौं /नेपाल फाइनान्सले १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । आज देखि खुला गरिएको यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार १ गतेसम्म रहेको छ ।
साझा अर्थ संवाददाता