पात्रो

रेडियो

समाचार खोजी

दोर्दी खोलाको १९ लाख कित्ताभन्दा बढी शेयर आजबाट लिलाममा

साझा अर्थ संवाददाता ११ जेठ २०८२, आइतवार

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्री खुला भएको छ। कम्पनीले संस्थापक समुहको १२ लाख ८५ हजार ४१ कित्ता शेयर तथा सर्वसाधारण समुहको १ लाख ६५ हजार ९ सय ५६ कित्ता शेयर रहेको छ। यी लकइनमा रहेका शेयरको अवधि २०८२ असार ७ गतेसम्म रहेको छ। लकइनमा नरहेको सर्वसाधारण समुहको ४ लाख ९५ हजार ६ सय ७९ कित्ता शेयर पनि लिलाम हुने छ।

यस लिलामी प्रक्रियाको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले जेठ १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु