पात्रो

रेडियो

समाचार खोजी

सान्भि इनर्जीको आईपीओमा आवेदनको ओइरो

साझा अर्थ संवाददाता १० जेठ २०८२, शनिवार

काठमाडौंः सान्भि इनर्जी लिमिटेडको आईपीओमा ८९ करोड ६३ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज जेठ १० गते, बिहान १०ः०५ बजेसम्ममा ७ लाख ७ हजार ६९० जनाले ८९ लाख ६३ हजार ७६० कित्ताको लागि आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ३.७१ गुणा बढी हो।  

सान्भि इनर्जीले शुक्रबार जेठ ९ देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्कासन गरेको हो। 

सान्भिले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ।

सर्वसाधारणको यस आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। यो आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शे

244 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु