काठमाडौंः यो साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६११.८५ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९४ प्रतिशत अर्थात ७६.७० अंक बढेर २६८८.५५ विन्दुमा पुगेको छ।
सातामा ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साता सेन्सेटिभ इण्डेक्स १७.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६२ अंक बढेको छ।
नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ७४ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १.९५ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ६.६३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १६.५३ प्रतिशत घटेको छ।
सातामा १३ वटा उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ७.१८ प्रतिशत बढेको छ। गत साता १३०१.८२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९३.४२ अंक बढेर १३९५.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता अन्य र लघुवित्त उपसमूहको परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढको छ।
अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १२ हजार ३२६.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २४१.८ अंक बढेर १२ हजार ५६८.३९ विन्दुमा पुगेको छ।
यस साता ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ६१ प्रतिशत बढेको छ। गत साता ६३६ रुपैयाँ २० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता १ हजार २४ रुपैयाँ ३० पैसा रहेको छ। त्यस्तै, यस साता सिन्धु विकास बैंकको शेयरमूल्य पनि २७.६९ प्रतिशत बढेको छ। कारोबारमा आएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस साता सर्वाधिक १२.५३ प्रतिशत घटेको छ।
साझा अर्थ संवाददाता