पात्रो

रेडियो

समाचार खोजी

१९ अंकले बढेको बजारमा पौने १० अर्बको कारोबार

साझा अर्थ संवाददाता ८ जेठ २०८२, बिहिवार

साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १९।४० अंकले बढेर दुई हजार ६ सय ८८।९१ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १।५९ प्रतिशतले बढेको छ।

आज ३१४ कम्पनीका दुई करोड २३ लाख ९६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा नौ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन नेप्से करिब ८ अंकले घट्दा झण्डै साढे १० अर्बको सेयर कारोबार भएको थियो।

आज बैंक समूहको सूचक सबैभन्दा धेरै ३।९४ प्रतिशतले बढ्दा लघुवित्त २।६१ प्रतिशतले उकालो लागेको छ। यसैगरी, म्युचल फण्ड र निर्जीवन बिमा समूह एक प्रतिशतभन्दा थोरैले वृद्धि भएका छन्।

तर, होटल तथा पर्यटन र जलविद्युत् समूह क्रमशः २।७८ र १।१० प्रतिशतले घट्दा बाँकी समूहको सूचक एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।

आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एनआइसी एसिया र फर्वाड माइक्रोफाइनान्सका लगानकर्ताले सात प्रतिशतभन्दा धेरैले बढेको छ। बाराही हाइड्रोपावर र एमबिएल इक्विटी फण्डका लगानीकर्ताले भने नौ प्रतिशतभन्दा धेरैले गुमाएका छन्।

 

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता