पात्रो

रेडियो

समाचार खोजी

डा. पोखरेलको संयोजकत्वमा नार्क पुनर्संरचना समिति

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचना गर्न प्रा।डा। गोविन्दराज पोखरेलको संयोजकत्वमा गठित समितिले पूर्णता पाएको छ । समितिमा कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्राडा ईश्वरी कँडरिया र डा. यज्ञगजाधर खड्कालाई सदस्य नियुक्त गरिएको छ ।

समितिका पदाधिकारीलाई कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले सोमबार नियुक्तिपत्र दिएका छन् । उनले नार्कलाई समयसापेक्ष रूपमा सुधार गर्न समितिले उपयुक्त प्रस्ताव पेस गर्ने अपेक्षा व्यक्त गरे ।

समितिलाई ९० दिनको कार्यअवधि दिइएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि मन्त्रालयले जनाएको छ । विगतमा भएका अध्ययनले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए ।

94 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता