पात्रो

रेडियो

समाचार खोजी

विकाश हाइड्रोको पहिलो चरणको आइपीओ आजदेखि

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार



विकाश हाइड्रोपावर कम्पनीले आजदेखि पहिलो चरणमा गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरेको छ । कम्पनीले गोरखा जिल्लाका स्थानीयलाई ९ लाख ९  हजार १ सय १ कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये ४० प्रतिशत शेयर धार्चे गाउपालिकाका वडा नम्बर ४ र ५ का स्थानीयलाई छुट्याईएको छ भने बाँकि रहेको ६० प्रतिशत शेयर धार्चे गाउपालिकाका १,२,३,६, र ७ का स्थानीयलाई छुट्याईएको छ। स्थानियले २० जेठसम्म न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  

त्यस्तै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार  ५ सय ५० कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०  हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ ।

102 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता