पात्रो

रेडियो

समाचार खोजी

सामान्य घट्यो नेप्से

साझा अर्थ संवाददाता ४ जेठ २०८२, आइतवार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) २.७९ अंकले घटेर २६०९.५  विन्दुमा ।  यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको  ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ४।३० प्रतिशतले बढ्यो । यस्तै होटल समूह ०।८७ र लघुवित्त समूह १।१० प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक ३.७५ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ समूह पनि आज ०.०३ प्रतिशत, विकास बेंक २.३५, वित्त ०.४२,हाईड्रो १.३३, लगानी ०.२१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.३७,म्युचुअल फण्ड ०.२८ र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले घट्यो । 

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता