पात्रो

रेडियो

समाचार खोजी

नेप्से २६ सय बिन्दुनजिक, सात अर्बकाे सेयर काराेबार

साझा अर्थ संवाददाता १ जेठ २०८२, बिहिवार

 

साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक ८.४१ अंक (०.३२ प्रतिशतल)ले घटेर दुई हजार ६ सय ११.८५ बिन्दुमा झरेको हो। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि समान दरले घटेको छ।

कारोबारमा आएका ३२० कम्पनीको एक करोड ७४ लाख २३ हजार कित्ता सेयर सात अर्ब आठ करोड रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। अघिल्लो दिन आठ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

होटल तथा पर्यटन समूहको सूचक झण्डै पाँच प्रतिशतले वृद्धि हुँदा म्युचल फण्ड र व्यापार एक प्रतिशतभन्दा थोरैले बढेका छन्। बाँकी सबै समूहमा गिरावट आएको छ। विकास बैंक दुई प्रतिशत र अन्य समूह एक प्रतिशत भन्दा धेरैले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा थोरैले ओरालो लागेका हुन्।

बजार घटे पनि ओम मेगाश्री फर्मास्युटिकल्स र उपकार लघुवित्तको सेयर मूल्य नौ प्रतिशत तथा बाराही हाइड्रोपावर र सोल्टी होटको मूल्य आठ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।

तर, कर्पोरेट विकास बैंक र जोशी हाइड्रोपावर विकास कम्पनी सर्वाधिक गुमाउनेमा परेका छन्। यि कम्पनीको सेयर मूल्य क्रमशः आठ र सात प्रतिशतभन्दा धेरैले घटेको छ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता