पात्रो

रेडियो

समाचार खोजी

सर्वसाधाराणलाई सान्भी इनर्जीको आइपीओ ९ जेठबाट

साझा अर्थ संवाददाता १ जेठ २०८२, बिहिवार

आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको सान्भी इनर्जी लिमिटेडले जेठ ९ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  १० कित्ता देखि २० हजार कित्तासम्म आवदेन दिन सकिने कम्पनीको आईपीओ बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्काशन गर्न लागेकोमा म्युचुअल फन्ड, प्रभावित स्थानीय, कर्मचारी, वैदेशिक रोजगारमा रहेकालाई छुट्याइ सकेपछि बाँकी रहेको २४ लाख १५ हजार ३ सय कित्ता सेयर सर्वसाधारणमा जारी हुन लागेको हो ।
 
कम्पनीले इलामको सूर्योदय नगरपालिकास्थित जोगमई खोलामा ७।६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ लागतमा तयार भएको आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ । यो आयोजनाबाट कम्पनीले आम्दानी गरिरहेको छ ।

 

222 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता