पात्रो

रेडियो

समाचार खोजी

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

साझा अर्थ संवाददाता ३१ वैशाख २०८२, बुधवार



काठमाडौं । बुधबार नेप्से १३।.९६ अंकले घटेर २ हजार ६२०.२७ विन्दुमा रोकिएको छ भने कारोबार रकम पनि ८ अर्ब ७३ करोडमा सिमित भएको छ । अघिल्लो दिन मैगलबार ९  अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको थियो । हुँदै आएको बजारमा यो दिन८ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो दिन सोमबार मंगलबार ११ अर्ब माथिको कारोबार भएको थियो । 

आज १ करोड ८२ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी,युनिर्भसल पावर कम्पनी, ग्रेस्ट माइक्रो फाइनान्स, न्यादी ग्रुप पावरको ४८ करोड रुपैयाँदेखि ५९ करोड रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको छ ।

ओम मन्जु श्री मार्फास्युटिकल्स,पिपुल्स पावर,उपकार लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, नेपाल रिइन्स्योरेन्स कम्पनी, लुम्बिनी विकास बैंकको शेयर मूल्य ४.१५ प्रतिशतदेखि ९.९८ प्रतिशतले बढेको छ । यो दिन घटेको बजारमा १८३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६२ कम्पनीको शेयर मूल्य बढेको छ । घटेको बजारमा गुराँश लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स, बुटवल पावर कम्पनी, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनीको शेयर मूल्य ६.१२ प्रतिशत देखि ९.९८ प्रतिशतसम्मले घटेको छ 

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता