पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो तामाकोशी दुई अर्ब ६ करोड घाटामा, प्रतिसेयर आम्दानी ९.७६ रुपैयाँले ऋणात्मक

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार

काठमाडौं ।चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अपरिस्कृत विवरण अनुसार अपर तामाकोशी हाइड्रोपावरको सञ्चित नोक्सानी १२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।  गत आवको सोही अवधिमा  कम्पनीको यस्तो नोक्सानी ८ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ थियो ।  गत आवको चैत मसान्तसम्ममा १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको चैत मसान्तमा आईपुग्दा २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ घाटामा गएको छ । गत असोज १२ मा बाधस्थलमा आएको पहिरोको कारण विद्युत उत्पादन ८८ दिनसम्म पुर्णरुपमा बन्द हुँदा आय घट्न गएको कम्पनीले जनाएको छ ।
विवरणअनुसार कम्पनीको चालु आवको चैतसम्मको प्रतिसेयर आम्दानी ९.७६ रुपैयाँले ऋणात्मक छ । गत आवको सोही अवधिमा भने कम्पनीको प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक थियो । चालु आवको तेस्रो त्रैमासिकको अन्त्यसम्मको कम्पनीको प्रतिसेयर नेटवर्थ ४६.७० रुपैयाँ छ ।

475 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता