हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५१.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सो अवधिमा कम्पनीको नाफा २१ करोड ४ लाख रुपैयाँ रहेको थियो।
नाफामा उल्लेख्य सुधार देखिनुको प्रमुख कारण कम्पनीको सञ्चालन आम्दानीमा आएको वृद्धि हो। यो वर्ष कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँबाट बढेर ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८८ करोड ७६ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिकित्ता आम्दानी (EPS) ३२.०८ रुपैयाँ र प्रतिकित्ता नेटवर्थ १२८.८९ रुपैयाँ रहेको छ।
साझा अर्थ संवाददाता