काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स र राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सनले धितोपत्र बोर्डबाट हकप्रद शेयर निश्कासनको स्वीकृति पाएको छ । एशियन लाइफले ४२ प्रतिशत अनुपातमा १०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता र राप्ति हाईड्रोले शतप्रतिशत अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासनका लागि स्वीकृती पाएका छन् ।
हकप्रद निस्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको दुबै कम्पनीमा बोर्डले एशियन लाइफलाई वैशाख २६ गते र राप्ति हाईड्रोलाई वैशाख २५ गते अनुमति दिएको हो ।
साझा अर्थ संवाददाता