अघिल्लो सातादेखि घटेको नेप्से परिसूचक यो साता मंगलबार बल्ल सामान्य सुधार आएको छ । यो दिन नेप्से परिसूचक १.०३ अंकले सामान्य बढेर २ हजार ६११.४३ विन्दुमा आइपुगेको छ । यो दिन ८ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ । धितोपत्र र ऋणपत्रगरी ३१८ कम्पनीको २ करोड कित्ता शेयर किनबेच भएको छ ।
यो दिन नेपाल माइक्रो इन्स्योरेन्स, ग्रेस्ट माइक्रो लाइफ, ओमश्री फार्मास्युटिकल्सको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै योदिन सानिमा मई हाइड्रो पावर,न्यादी ग्रुप पावर,राधि विद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयर मूल्य ३६ करोड ११ लाख रुपैयाँ देखि ९२ करोड ८७ रुपैयाँसम्मको कारोबार भएको छ । यो दिन १२० कम्पनीको शेयर मूल्य बढ्दा १२६ कम्पनीको शेयर मूल्य घटेका छन् । वेन नेपाल लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.१८ प्रतिशतदेखि १० प्रतिशतले घटेको छ ।
साझा अर्थ संवाददाता