पात्रो

रेडियो

समाचार खोजी

नेप्से ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा

साझा अर्थ संवाददाता २२ वैशाख २०८२, सोमवार

सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा रोकिएको छ । सोमबार नेप्सेमा कुल ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री र सिटिजन्स सुपर म्युचअल फन्डको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ा मकर जितुमायाँ सुरी हाइड्रोपावरको सेयर मूल्य ९.३० प्रतिशतले बढ्दा हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

आज राधी विद्युत् कम्पनीको मात्रै ७६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा ङादी ग्रुप पावरको ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख र युनिभर्सल पावरको ४७ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु