पात्रो

रेडियो

समाचार खोजी

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २२ वैशाख २०८२, सोमवार

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको  ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने वैशाख २२ गते आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख ८ गतेदेखि पहिलो  चरणमा ३ लाख ९७ हजार १ सय ६९ दशमलव ३० कित्ता शेयर बिक्री खुलाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियोे । कम्पनीले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता