पात्रो

रेडियो

समाचार खोजी

पहिलो दिन सामान्य घट्यो नेप्से, कारोबार भने ९ अर्ब माथी

साझा अर्थ संवाददाता २१ वैशाख २०८२, आइतवार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार नेप्से ३.४४ अंकले घटेपछि कारोबार सवा ९ अर्बको भएको छ । आज ०.१३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६२०.३९ अंकमा रोकिएको छ । 

आज ३२२ कम्पनीका २ करोड १९ लाख ५ हजार ३ सय ११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३ सय १५ रुपैयाँको  शेयर किनबेच भयो । 

आइतबार नेपाल माइक्रो, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्यूटिकल्सका लगानीकर्ताहरुले क्रमशः १०–१० प्रतिशतले नाफा कमाए । तर, विन नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । 

आज सानिमा माई हाइड्रोको उच्च कारोबार ६० करोड ४८ लाख ६६ हजार बराबरको भएको नेप्सेले जनाएको छ । 

186 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता