पात्रो

रेडियो

समाचार खोजी

आज पनि घट्यो नेप्से

साझा अर्थ संवाददाता १७ वैशाख २०८२, बुधवार

काठमाडौं ।  बुधबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २ हजार ६२३.८३ विन्दुमा रोकिएको छ ।  अघिल्लो कारोबार दिन मंगलबार नेप्से १५.०८ अंकले घटेको थियो भने सोमबार १४.५३ अंकले घटेको थियो । तर, आइतबार भने नेप्से ३.५८ अंकले बढेर २६६१.६० विन्दु कायम भएको थियो ।

 बुधबार  ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार सर्वाधिक कारोबार गर्ने कम्पनीमा राधि विद्युत कम्पनी, न्यादी ग्रुप पावर रहेको छ । त्यस्तै, समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
घटेको बजारमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी,कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सीको शेयर मूल्य ३.७७ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेर नकारात्मक सर्किट लागेको छ ।

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता