पात्रो

रेडियो

समाचार खोजी

आज पनि दोहोरो अंकले घट्यो नेप्से

साझा अर्थ संवाददाता १६ वैशाख २०८२, मङ्गलवार

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) आज १५.०८ अंकले घटेर २६३१.९८ अंकमा झरेको छ ।आज  ३११ कम्पनीका १ करोड ८४ लाख ९१ हजार ९ सय ४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २ सय ७८.३५ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स र भूगोल इनर्जीका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.०१ प्रतिशतले नाफा कमाएका छन् । तर मध्ये भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८८ प्रतिशतले घाटा व्यहोरेका छन् । आज सानिमा माई हाइड्रोको सबैभन्दा बढी ८२ करोड ४३ लाख ७३ हजार १ सय बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

 

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता