पात्रो

रेडियो

समाचार खोजी

सिजीको ‘लेभल अप, विथ सिजी लाइफ हुन्छ इजी’ योजना

साझा अर्थ संवाददाता ११ वैशाख २०८२, बिहिवार

 

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘लेभल अप विथ सिजी लाइफ हुन्छ इजी’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष ०८२ को अवसरमा पारी यो योजना सार्वजनिक गरेको हो ।

गत २२ चैतेदेखि सुरु भएको यो योजनामा ग्राहकहरूले सिजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनको खरिदमा विभिन्न छुट पाउने भएका छन् । जसमा ६१ हजार आठ सयसम्म क्यासब्याक पाउनेछन् ।

त्यस्तै, पक्का उपहारअन्तर्गत सिजी मेरिडिया गुगल टिभी (६५–१०० इन्च)को खरिदमा २.१ स्पिकर, सेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा दुई केजी एरियल पाउडर, फ्रन्ट–लोड वासिङ मेसिन किन्दा ६ केजी एरियल पाउडर ग्राहकलाई दिइने कम्पनीले जनाएको छ ।

यसबाहेक ग्राहकले साइड–बाई–साइड र मल्टिडोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्सर ग्राइन्डर, डिसवासरको खरिदमा डिसवासर किट र एसी किन्दा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध हुनेछ ।

169 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्