पात्रो

रेडियो

समाचार खोजी

२९ हिमाल आरोहणको अनुमति लिए आरोहीले

साझा अर्थ संवाददाता २५ चैत २०८१, सोमवार



यस वर्षको वसन्तकालीन सिजनका लागि आरोहीले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न २९ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।  हालसम्म सात समूहबाट १७ महिलासहित ७७ जनाले सगरमाथा (८,८४८.८६ मि) आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।  विभागका अनुसार अन्नपूर्ण–१ (८,०९१ मि) आरोहण गर्न ६६ जना र अन्नपूर्ण–५ का लागि आठजनाले अनुमति लिएका छन् । यस्तै, मकालु हिमाल (८,४८५ मि) आरोहणका लागि १५, ल्होत्से (८,५१६ मि) आरोहणका लागि १५ जनाले अनुमति पाएको विभागले जनाएको छ ।  

विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू सम्बन्धित हिमालतर्फ जाने क्रम सुरु भइसकेको छ । तर, अझै पिक चढ्न भने सुरु गरिएको छैन । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आइसफल डाक्टरहरूले बाटो बनाउने काम गरिरहेका छन् । तर, खराब मौसमका कारण रोप फिक्सिङको काम गर्न कठिन भइरहेको बताइएको छ । अहिले खुम्बु आइसफल क्षेत्रमा भ¥याङ राख्ने र डोरी टाँग्ने काम भइरहेको छ । 

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्